१२ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब र जाउलाखेल क्लबले बराबरी खेल्दै अंक बाँडेको छ ।
ललितपुरको सातदोबोटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा ३–१ गोलको स्थितिलाई उल्ट्याउँदै फ्रेन्ड्स क्बलले जाउलाखेल क्लबसँग ३–३ गोलको बराबरी खेलेको हो । फ्रेन्ड्स क्लबले अन्तिम समयतिर उत्कृष्ट पुनरागमन गर्दै दुई गोल गर्न सफल भयो ।
फ्रेन्ड्सका लागि धिरज श्रेष्ठ, विकास लामा र फफना ब्राहिमानले गोल गरेका थिए । यता, जाउलाखेलका लागि भने अरुज सिंह, फोड फफना र सुमन डंगोलले गोल गरे ।
खेलको २६ औं मिनेटमा नै विकास लामाले गोल गर्दै फ्रेन्ड्स क्लबलाई अग्रता दिलाएका थिए । तर जाउलाखेलले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । जाउलाखेलका लागि अरुज सिंहले गोल गरेका थिए ।
पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको जाउलाखेलले दोस्रो हाफको सुरुवाती समयमा नै गोल गर्दै अग्रता लिएको थियो । जाउलाखेलका फोड फफनाले ४७ औं मिनेटमा गोल गरे भने त्यसको ५ मिनेटपछि सुमन डंगोलले गोल गर्दै टिमलाई ३–१ को स्थितिमा पुर्याए ।
खेलको ६८ औं मिनेटमा ब्राहिमनले गोल गर्दै फ्रेन्ड्स क्लबलाई ३–२ गोलको स्थितिमा ल्याए । त्यसपछि ८२ औं मिनेटमा धिरज श्रेष्ठले गोल गर्दै ३–३ गोलको बराबरीमा पुर्याएपछि फ्रेण्डसले् जाउलाखेलसँग एक अंक खोस्न सफल भयो ।
प्रतिक्रिया 4