+
+
Shares

दामन चिनाउन ६० साइकलिस्टले साइकलिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १२ गते १८:२५

१२ मंसिर, हेटौंडा । मकवानपुरको दामनमा पर्यटन प्रवद्र्धनका लागि मकवानपुरे युवासहित ६० साइकलिस्टले साइकलिङ गर्ने भएका छन् ।

सरकारले पहिचान गरेको एक सय पर्यटन गन्तव्यमा पर्ने दामनलाई पर्यटकमाझ परिचित गराउन जिल्ला साइकलिङ संघको आयोजनामा आउँदो शुक्रबार र शनिबार साइकलिङ गर्न लागिएको हो ।

विभिन्न पाँच जिल्लासहित मकवानपुरका साइकलिस्ट कार्यक्रममा सहभागी हुने आयोजकले जनाएका छन् ।

साइकलिङ संघका अध्यक्ष संगीत श्रेष्ठले प्रत्येक वर्ष पर्यटन प्रवद्र्धनको अभियान चलाएअनुसार यसवर्ष साइकलिङ गर्न लागेको बताए । ‘गएका वर्ष पनि मकवानपुरकोे पर्यटकीय गन्तव्य चित्लाङ र मार्खुमा पुगेका थियौँ । यो वर्ष ६० जना साइकलिङमा रहेका युवा दामन पुग्न लागेका हौँ’ उनले भने ।

हेटौंडाबाट शुक्रबार थालिने साइकलिङमा पूर्वी नेपालको सुनसरी, बारा, पर्सा, रौतहटसहित काठमाडौं र ललितपुरका साइकलिस्ट सहभागी हुने उनले बताए । सहभागीबाट नै प्रति व्यक्ति ३ हजार रुपैयाँ सहयोग उठाएर आवश्यक खर्चको व्यवस्थापन गरेको संघले जनाएको छ ।

सरकारको छनोटमा परेका देशका एक सय नयाँ पर्यटन गन्तब्यमा मकवानपुरमा दामन, चित्लाङ र मकवानपुरगढी परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?