Comments Add Comment

दुई वर्षपछि फेरिनेछ जनकपुरको स्वरुप (फोटो फिचर)

१२ मंसिर, काठमाडौं । जनकपुरको अहिलेको स्वरुप परिवर्तन गर्न लागि जनकपुरधाम सरसफाइ तथा पोखरी संवर्द्धन आयोजना अघि बढाउने सम्झौता भएको छ ।

उक्त आयोजना अघि बढाउन सहलगानी खानेपानी तथा सरसफाइ आयोजना, आयोजना व्यवस्थापन कार्यालय र जनकपुर उपमहानगरपालिकाबीच सम्झौता भएको हो । उक्त सम्झौताअनुसार दुई वर्षपछि जनकपुरको स्वरुप बदलिनेछ ।

उक्त आयोजना अन्तर्गत ३१ वटा पोखरीहरुको सरसफाइ र संवर्द्धन गर्ने, बाह्र बिघा रंगभूमि मैदानलाई सरसफाइ तथा संवर्द्धन गरी अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउने र जनकपुर धाम क्षेत्रमा ३० वटा सार्वजनिक शौचालय बनाउने सम्झौता भएको छ । यी कार्यहरु अबको दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

चालु आर्थिक वर्षदेखि नै काम सुरु गर्ने योजना छ । यस आयोजनाको कामबाट डेढ लाख जनसंख्या लाभान्वित हुनेछन् । आयोजनाको अनुमानित लागत १ अर्ब २ करोड ८० लाख रहेको छ । आयोजना सम्पन्न भइसकेपछि त्यसको सञ्चालन, मर्मत सम्भार आदि कार्यको लागि जनकपुरधाम उपमहानगरपालिकालाई आयोजना हस्तान्तरण गर्ने समझदारी भएको छ ।

सम्झौतामा सह लगानी खानेपानी तथा सरसफाइ आयोजना, आयोजना व्यवस्थापन कार्यालय काठमाडौंको तर्फबाट आयोजना प्रमुख विद्यानाथ भट्टराई र जनकपुरधाम उप–महानगरपालिकाको तर्फबाट मेयर लालकिशोर शाहले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment