Comments Add Comment

गुन्डालाई आँखा तरेर हेरेपछि…

१३ मंसिर, काठमाडौं । प्रहरीको निगरानीको सूचीमा रहेका गुन्डा निमा लामाका भाइ तुषाल लामा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरको टोलीले उनलाई जडिबुटी क्षेत्रबाट पक्राउ गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्दराज काफ्लेका अनुसार एक विद्यार्थीले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेर सार्वजनिक अपराध अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

स्रोतका अनुसार लामाले महादेव स्थान नजिक रहेको ग्रामर कलेजमा बीबीएस अध्ययन गर्ने विद्यार्थीले आँखा तरेको भन्दै आक्रमणको प्रयास गरेका थिए ।

‘त्यहाँबाट विद्यार्थी तत्काल भाग्न सफल भएपछि उनले रिसमा विद्यार्थीको केटीएम मोटरसाइकल तोडफोड गरेका थिए’, बानेश्वर वृत्तका एक अधिकारीले भने, ‘घटनामा प्रयोग भएको रड पनि बरामद भएको छ । अरु विषय बुझ्दैछौं ।’

निमा ४ चैतमा बानेश्वर, कोटेश्वर र काँडाघारी क्षेत्रका व्यवसायीहरूलार्इ धम्क्याएर हप्ता असुली गरेको अारोपमा पक्राउ गरेका थिए । त्यसअघि उनी हातहतियार तथा खरखजना मुद्दामा पनि समातिएका थिए ।

उनी सिनामङ्गलमा बस्दै आएका छन् ।

तुसाल लामा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment