Comments Add Comment

नेपालमा आर सिरिज ल्याउने ओपोको तयारी

१३ मंसिर, काठमाडौं । आजको वैश्विकरण र ईण्टरनेटको यूगमा प्रविधिको फैलँदो ब्यापक सञ्जालमार्फत स्मार्टफोनको एउटा बटन क्लिक गरेकै भरमा सहजै जो-सुकैले विश्वभरका जानकारी लिन सक्छन् । यसबाट नेपालपनि अछुटो रहने कुरै भएन । आरन९ सार्वजनिक गरे देखि नै विश्वभर आर-सिरिजको चर्चा निकै चुल्लिएको हो । सो समयदेखि नै नेपालमा पनि आर-सिरिज निकै प्रतिक्षारत सिरिजको रुपमा रहेको छ । नेपाली उपभोक्ताको माग र ईच्छा दृष्टिगत गर्दै ओपो नेपालले निकट भविष्यमा नै आफ्नो पि्रमियमआर सिरिज नेपाली बजारमा भित्राउने सम्भावना प्रबल देखिएको छ ।

श्रोतले दिएको जानकारी अनुसार ओपोले निकट भविष्यमा नै आर-सिरिज नेपाल भित्राउने पहल गरिरहेको छ । तसर्थ, आधिकारिक घोषणापूर्व उपभोक्तालाई आर-सिरिज उत्पादन प्रतिआफ्नो धारणा विकास गर्न सहयोग पुर्‍याउने सोचका साथउत्पादन सम्बन्धि केही महत्वपूर्ण जानकारी संकलन गरी प्रस्तुत गरेका छौँ ।

उत्पादनको लोकप्रियता

स्मार्टफोन उद्योगकै आकर्षक डिजाइन भएको तथा उत्कृष्ट फोटोग्राफी अनुभव दिने उत्पादनका रुपमाआर-सिरिज परिचित छ । साथै, आर सिरिजलाई विशेषगरी उपाभोक्ताको आवश्यकता र ईच्छालाई ध्यानमा राखेर निर्माण गरिएको फोनका रुपमा लिइन्छ । यही कारण आर-सिरिज विश्वभरका उपभोक्तामाझ अत्यधिक लोकपि्रय उत्पादनका रुपमा रहेको छ ।

संक्षिप्त ईतिहास

मार्केट रिसर्च र्फम काउन्टर पोइण्ट एण्ड स्ट्रयाटिजी एनालिटिक्सका अनुसारओपो आर-९ सन् २०१६को वैश्विक रुपमै सर्वाधिक विक्रि हुन सफल फोन हो । साथै सन् २०१७को पहिलो त्रैमासमा ८९ लाख प्रतिसिपमेण्टका साथ यसले विश्वबजारको ३ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको थियो ।

त्यसैगरी ओपो आर११ सन् २०१७कै बेस्ट सेलिङ एण्ड्रोइड फोन तथा आर१५ मोडल चिनमा सन् २०१८को दोस्रो त्रैमासमा सर्वाधिक लोकप्रिय फोनका रुपमा रहनपनि सफल भएको छ । अहिले विश्व भरका २० करोड यूवा जमातले ओपोलाई अपनाएका छन् र आर-सिरिज यस सफलताको एक अभिन्न अंगका रुपमा रहेको छ ।

प्रडक्ट फिलोसोफी

ओपो आर-सिरिजले मेटालिक कलर र ग्लास ग्राडियण्ट मार्फत उद्योगमै नयाँ क्रान्ति भित्रायो । स्मार्टफोन उद्योगमै सिल्भर, गोल्ड र रोज रंगकाफोन उत्पादन भइरहेका बेला ओपोले सन् २०१६मा मेटालिक रेड रंगमा आर ९ को न्यू इयर एडिसन सार्वजनिक गरेको थियो । त्यसैगरी, आर११ बार्सिलोना एडिसनका रुपमा ओपोले मिक्स्ड रेड र ब्ल्यू मेटालिक रंगमाफोन सार्वजनिक गरेको थियो । साथै आर११मा कम्पनीले हेर्दा निकै आकर्षक र बोक्दा निकै प्रर्‍याक्टिकल क्रेसेन्ट कभ्र्ड् डिजाइन पनि समाहित गर्यो । त्यसैगरी आर१५लाई कम्पनीले रुबी रेड र कस्मिक पर्पल ग्राडियण्ट रंग पनि उपलब्ध गरायो ।

फोटोग्राफीका सवालमा आर-सिरिजले मितब्ययी मूल्यमा उत्कृष्ट क्यामेरा क्षमता उपलब्ध गराउने कार्यलाई निरन्तर्ता दिएको छ । उपभोक्ताको क्यामेरा प्रतिको रुचि र आवश्यकतालाई दृष्टिगत गर्दै तिनलाई अदृतिय फोटोग्राफी अनुभव दिने सोचका साथ कम्पनीले क्यामेरा प्रविधिमा ब्यापक लगानीलाई निरन्तर्ता दिइरह्यो । तस्विरलाई जीवन्तता दिने सोचका साथमा फुल स्क्रिन डिस्प्ले र सुपर फुल स्क्रीन जस्ता नयाँ फिचर पनि फोनमा उपलब्ध गरियो । त्यसैगरी कलर ओएस मार्फत फोनले गेस्चर अपरेशन र फुल स्क्रीन मल्टिटास्किङ जस्ता रमाइला अनुभव पनि प्रदान गरेको छ ।

हार्डवेयरका सवालमा पनि आर सिरिज निकै आकर्षक रहेको छ । आर१५ प्रोमा कम्पनीले अत्याधुनिक क्वालकम स्न्याप ड्रयागन प्रोशेसरका साथै बृहत्त सञ्चय क्षमता र अदृतिय ब्याट्री लाइफ पनि समाहित गरेको छ । साथै, भोक फ्ल्याशचार्जिङ प्रविधिले फोनलाई तिब्र गतिमा चार्ज गर्दै फोनको निरन्तर प्रयोगमा सघाव पुर्‍याउँछ ।

कम्पनीको नयाँआर-सिरिज फोन आर १७ मा कम्पनीले र्‍याडियन्ट मिस्ट डिजाइन, वाटरड्रप स्त्रिmन र हिडन फिङ्गर पि्रन्ट अनलक, सुपरभोक फ्ल्याश चार्जका साथै एफ१.५/एफ२.४ स्मार्ट एपर्चर र टीओएफ थ्रीडी प्रविधि सहितको ट्राइ क्यामेरा कम्बिनेशन पनि उपलब्ध गरिएको छ । यी सबैको माध्यमबाट उपभोक्तालाई समग्र नयाँ अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य छ ।

रियल, रिभोल्यूशन, रिर्फम

यस बर्ष ओपोले आर सिरिज पछाडीको अर्थपनि प्रस्ट्याउने योजना बनाएको छ । कम्पनीका अनुसार आर सिरिजमाआरको अर्थ रियल, रिभोल्यूशन र रिर्फम तथा पून रजागरणको प्रक्रियाहो । क्रान्ति र पूनरजागरण अपनाउँदै नयाँ सम्भावनातिर अग्रसर हुन सबैभन्दा पहिले आफू आफैसंग सच्चा र आत्मविश्वासी हुनु आवश्यक छ ।

भविष्यमा पनि ओपोले प्रयोगकर्तासंग सहकार्य गर्दै आर सिरिज मार्फत थप नयाँ नयाँ सम्भावना तथा प्रविधि पस्कँदै जाने उद्देश्य लिएको छ । ओपोको प्राविधिक शक्तिमार्फत उपभोक्ताले तिनका सपना पूरा गरुन् भन्ने ओपोले आाशा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment