Comments Add Comment

लक्ष्मी बैंक ओपन गल्फ हुने

१३ मंसिर, काठमाडौं । लक्ष्मी बैंक ओपन गल्फ आगामी शनिबार हुने भएको छ । गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता लक्ष्मी बैंकको मुख्य प्रायोजनमा चौथोपटक प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा ३ बाइ ४ हेन्डिक्याप स्टेबलफोर्ड फरम्याटमा कुल १८ होलमा खेलाइनेछ ।

प्रतियोगितामा नेपालका १ सय गल्फरले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुष, महिला, सिनियर (६० वर्षमाथि) र जुनियर (१७ वर्षमुनि) विधामा प्रतिस्पर्धा हुनेछ ।

होल इन वान विजेताले १ हुन्डाई अायोनिक र्इभी गाडी प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment