+
+
Shares

सरकारको कार्यशैली निराशाजनक : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १४ गते १२:४१

१४ मंसिर, विराटनगर । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको कार्यशैली निराशाजनक रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले भने ‘सरकार गठनको अवस्था हेर्ने हो भने यसअघिका सरकार भन्दा असमान्य अवस्था रहेको छ, यो दुई तिहाई नजिकको सरकार हो, तरपनि यो सरकारले ‘विलो द एभरेज’को पर्फर्मेन्स पनि देखाउन सकेन ।’

नेता थापाले प्रधानमन्त्री स्वयं पनि सरकारको काम गराइप्रति असन्तुष्ट रहेकाले पनि सरकारको कार्यशैली राम्रो नभएको पुष्टि हुने बताए ।

उनले यो सरकारले राम्रो काम गरोस् भन्ने कांग्रेसको शुभेच्छा रहेको भन्दै बर्तमान सरकारले जनताको विकासको चाहनालाई पूरा गर्न सक्नुपर्ने बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?