Comments Add Comment

फिल्मबाट आधुनिक गीतमा सर्यो केक काट्ने फेसन

चलचित्रले करोड कमायो भन्दै होस् या गीतले युटुबमा करोड भ्यूज पायो भन्दै होस्, अहिले चलचित्रकर्मीमा केक काट्ने फेसन नै चलेको छ । केक काट्ने फेसनमा चलचित्रकर्मीले रेकर्ड नै राखिरहेको समयमा अब एल्बमका गीतले पनि करोड भ्यूज पाएको सेलिव्रेशन सुरु भएको छ । केही दिन अगाडि मात्र ‘नाँच फिरिरी’ बोलको गीतले ३ करोड भ्यूज पाएको खुशियालीमा केक काटिएको थियो ।

अब, अर्को एक गीतले पनि युटुबमा एक करोड भ्यूज पाएको अवसरमा केक काटिएको छ । ‘पिरिम नलाउने’ बोलको गीतले युटुबमा एक करोड बढी भ्यूज पाएकशो छ । दीपक शर्माको शब्द तथा संगीतमा तयार यो गीतले ५१ दिनमा १ करोड भ्यूज पाएको हो ।

गायक तथा मोडल आशिष सचिनले खुशियाली मनाउँदै केक काटेका हुन् । सुव्रतराज आचार्यले निर्देशन गरेको यो गीतमा नायिका बर्षा राउत र गायक आशिषले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment