Comments Add Comment

सरकारलाई चौतर्फी घेराबन्दीमा पार्न खोजियोः देवेन्द्र पौडेल

१७ मङ्सिर, पर्वत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सरकारलाई चौतर्फी घेराबन्दीमा पार्न खोजिएको बताएका छन् ।

दक्षिण पर्वतको पैयूँ गाउँपालिकास्थित हुवासमा सोमबार आयोजित शहीद स्मृतिसभामा उनले भने, ‘जनतामा लोकप्रिय हुन्छ भने डरले सरकारलाई प्रतिपक्षले घेराबन्दीमा पार्न खोजिएको छ ।’

नेकपाका केन्द्रीय सदस्य गुप्त हमाल र विजय गुरुङले पार्टीको निर्णय र सङ्गठनको मर्म बमोजिम नै सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए ।

यसअघि नेता पौडेलले हुवासमा निर्मित शहीद गेटको पनि उद्घाटन गरेका थिए ।

चिसापानी-हुवास-बर्राचौर सडक कालोपत्र

यसैगरी हुवासमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदम गिरीले चसापानीदेखि हुवास हुँदै बर्राचौर जोड्ने सडक कालोपत्र गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यहाँको सडक कालोपत्र, एक घर, एक धारा र सिँचाइको व्यवस्थापन गर्नु नै आफ्नो प्रमुख एजेण्डा भएको बताउँदै उहाँले चिसापानीदेखि बर्राचौरसम्मको सडकलाई राष्ट्रिय प्राथमिकताको सडक बनाउन आफूले सक्रिय भूमिका खेलेकाका कारण चालू आवमा सो सडकका लागि ५० लाख रकम विनियोजन भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment