Comments Add Comment

क्रिस गेलले जिते मानहानी मुद्दा, ३ लाख डलर क्षतिपूर्ति पाउने

काठमाडौं । वेस्टइन्डिजका क्रिकेटर क्रिस गेलले एक अस्ट्रेलियन मिडियाविरुद्ध हालेको मानहानीको मुद्दा जितेका छन् । उक्त पत्रिकाले उनको मानहानी गरेको ठहरेसँगै ३ लाख अस्ट्रेलियन डलर क्षतिपुर्ति पनि पाउने भएका छन् ।

२०१५ केा विश्वकपको बेला एक मसाज थेरापिस्टको अगाडि सर्वाङ्ग नाङ्गिएको भन्ने आरोप लगाउँदै अस्ट्रेरलियन फेयरफ्याक्स मिडियाले लगातार जसो समाचारहरु बाहिर ल्याएको थियो ।

त्यसकै विरुद्ध गेलले २०१७ को अक्टोवरमा मुद्दा हालेका थिए । जनवरी २०१६ मा सिड्नी मर्निङ हेराल्ड, दि एज, दि क्यानबेरा टाइम्सले गेलबारे नकरात्मक समाचार लेखेका थिए । समाचारमा लेखिएको थियो, ‘मसाजका लागि केटी उनको कोठामा आउँदा, आफूले बेरिरहेको टावेल निकालेर गेलले सोधेका थिए, तिमी यसकै लागि आएकी हौ ?’

समाचारले गेलको छवी धमिल्याउने काम भएको अदालतको ठहर छ । फेयरफ्याक्स मिडियाले भने अदालतको निर्णयविरुद्ध अपिल गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment