+
+

टेकुमा १ जनाको ज्यान लिएर फरार चालक काभ्रेबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १८ गते ११:०१

१८ मंसिर, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले मंसिर १२ गते दुर्घटना गराएर फरार रहेका चालकलाई सोमबार पक्राउ गरेको छ ।

कञ्चनपुरका १९ वर्षीय जीवन सिंहलाई टेकुमा ठक्कर दिएर कुमार श्रेष्ठफरार भएका थिए । ठक्करबाट घाइते सिंहको पछि मृत्यु भएको थियो ।

मृतक सिंह नेपाल प्रहरीका हवल्दार चक्रबहादुर सिंहका छोरा हुन् । चक्रबहादुरको माओवादीले ०५८ मा गरेको अछाम सदरमुकाम मंगलसेन आक्रमणका क्रममा निधन भएको थियो ।

फरार श्रेष्ठलाई बा१५च ३२९३ नं को ओमिनो कार्गो भ्यानसहित काभ्रेबाट पक्राउ गरिएको काठमाडौं परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?