+
+

वर्षा र आकाशको दोस्ती

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १८ गते १२:२२

नायिका बर्षा राउत र नायक आकाश श्रेष्ठको दोस्ती अहिले गज्जबको देखिन थालेको छ । बर्षा र आकाशले एउटा भिडियोमा सँगै काम गरेका छन् । यसपछि उनीहरु नजिक देखिएका हुन् । बर्षा राउतले इन्स्टाग्राममा राखेको भिडियोमा पनि उनी र आकाशको मित्रता फराकिलो बनेको भान हुन्छ ।

नायक आकाश श्रेष्ठ चलचित्र ‘रामकहानी’मा काम गरेपछि दर्शकको नजरमा परेका हुन् । उनी र नायिका पूजा शर्मा पनि नजिक देखिन्छन् । पूजा र बर्षा राउतको मित्रताको बारेमा त सिंगो चलचित्र नगरीलाई नै थाहा छ ।

यसैले पनि बर्षासँग आकाश नजिक भएको हुनसक्छ । तर, अब निर्माताले बर्षा र आकाशको जोडीलाई लिएर चलचित्र बनाउने सोच बनाएको खण्डमा त्यसले पक्कै पनि हाइप भने बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?