Comments Add Comment

लिग लिडर मनाङको छैटौं जित

१९ मंसिर, काठमाडौं । मनाङ मस्र्याङ्दी क्लबले शहिद स्मारक ए डिभिजन लिग फुटबलमा लगातार छैटौं जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा मनाङले जावलाखेल युथ क्लबलाई १-० गोलअन्तरले पराजित गरेको हो ।

निकै कमजोर मानिएको जावलाखेलमाथि मनाङले कठिन जित निकालेको हो । मनाङको जितमा अञ्जन विष्टले पेनाल्टी गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको मनाङले खेलको दोस्रो हाफमा गोल गर्न सफल भयो । खेलको ६२औं मिनेटमा अफिज ओलावालेलाई डिबक्सभित्र फल गरेपछि मनाङले पेनाल्टी पाएको थियो, जसमा अञ्जनले गोल गरेका हुन् ।

जितसँगै मनाङले आफ्नो अपराजित यात्रालाई कायमै राख्दै ६ खेलबाट १८ अंक बनाएको छ । पराजित जावलाखेलले भने ६ खेलमध्ये एक खेलमा जित एक खेलमा बराबरी र चार खेलमा हार ब्यहोर्दै ४ अंक बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment