Comments Add Comment

साँगामा सुरु भयो आईजीपी रनिङ ट्रफी फुटवल प्रतियोगिता

१९ मंसिर, काभ्रे । नेपाल प्रहरी स्कुल साँगामा २६ औं आईजीपी रनिङ ट्रफी फुटवल सुरु भएको छ ।

बुधबार भएको उद्घाटन खेलमा आयोजक नेपाल प्रहरी स्कुल साँगाले धुलिखेल स्कुललाई ६-० ले पराजित गरेको छ ।

खेलको पहिलो हाफमा नेपाल प्रहरी स्कुल साँगाका समन श्रेष्ठले पहिलो हाफमा नै खेलमा हृयाट्रीक गरेका थिए ।

शेखर रानामगरले २ गोल, आयुश श्रेष्ठ, विकेश खतिवडाले १/१ गोल गरेका थिए । खेलको सुरुमा धुलिखेल स्कुलले आक्रमक खेल प्रर्दशन गरेपनि गोल विना नै चित्त वुझाएको छ ।

बुधबारबाट सुरु भएको खेल आगामी मंसिर २६ गते आईजीपी सर्वेन्द्र खनालले समापन गर्ने छन् । लिगमा खेल खेलाइने आयोजकले बताएको छ ।

राजधानी र काभ्रे सहित १२ वटा विद्यालयका टिमहरु सहभागि रहेको नेपाल प्रहरी स्कुल सागाका समादेशक रामकृष्ण अधिकारले बताए । पहिलो हुने विद्यालयले तिस हजार , दोस्रो हुनेले विस हजार र तेस्रोले दश हजार नगद पाउने छन् ।

नेपाल प्रहरी स्कुल साँगाले आयोजना गरेको आईजीपी रनिङ ट्रफी फुटवलको नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राइर्ले बुधबार एक कार्यक्रम बीच उद्घाटन शारीरिक विकासका लागि खेलको महत्व बारे चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment