Comments Add Comment

नेपाल भ्रमण गर्न कोरियालीलाई पर्यटन मन्त्री अधिकारीको आग्रह

१९ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्ऽ अधिकारीले पर्यटन विकासको माध्यमबाट मात्रै मुलुकले समृद्धि हाँशिल गर्न सक्ने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले बुधबार चेम्बर भवन, कान्तिपथमा आयोजना गरेको ‘नेपाल-कोरिया आर्थिक सम्बन्धका आयामहरु’ बिषयक अन्र्तक्रियात्मक कार्यक्रममा उनले दक्षिण कोरियाबाट आˆना नागरिकलाई नेपाल भ्रमण गराउन कोरियाली सरकारलाई आग्रह गरे ।

हालै मात्र नेपाल सरकारले देशका उत्कृष्ट सय पर्यटकीय स्थल घोषणा गरेको बताउँदै आन्तरिक र वाहृय पर्यटन प्रवर्द्धन विगतको भन्दा राम्रो रहेको दावी गरे ।

नेपालका लागि कोरियाली राजदुत पार्क योंग सिकले नेपालमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र उद्योगमा लगानीको सम्भावना भएपनि लगानीको लागि आवश्येक कानुनहरु प्रयाप्त नभएको कुरा बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा पर्यटन, कृषि तथा औद्योगिक क्षेत्रमा लगानी गर्न कोरियाली लगानीकर्तालाई आग्रह गरे ।

यतिबेला स्थिर सरकार बनेको र सरकार बैदेशिक लगानी भित्र्याउन गम्भीर भएकाले नेपालमा यतिबेला लगानीको लागि उपयुक्त समय आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment