+
+
Shares

पर्यटकीय क्षेत्रको प्रहरी चौकी आफैं असुरक्षित

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २१ गते १०:३४

२१ मंसिर, तेह्रथुम । पर्यटकीय तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रअन्तर्गत संखुवासभाको मादी नगरपालिका–१ स्थित चौकीबजारमा रहेको मादीमुलखर्क प्रहरी चौकीे भवन जीर्ण छ ।

भाडाको घरमा रहेको प्रहरी चौकीे भूकम्पका कारण क्षतविक्षत् बने पनि नयाँ भवन बनाउन कसैले चासो नदेखाउँदा प्रहरी आफैं असुरक्षित रूपमा बस्न बाध्य भएको हो ।

उक्त चौकीको आफ्नै भवन पनि द्वन्द्वकालमा तत्कालीन माओवादीले ध्वस्त पारेको थियो । तेह्रथुम र सङ्खुवासभाको सीमाक्षेत्रमा रहेको प्रहरी चौकीमा दरबन्दीअनुसारका प्रहरीसमेत छैनन् । चौकीमा चार मात्रै प्रहरी भए पनि तालीम, गोष्ठी र विदाका कारण अधिकांश समय दुई वा तीन जना मात्रै प्रहरी हुने गरेका छन् ।

प्रहरी चौकीको निर्माणका लागि गाउँले नै बजार नजिकै जग्गासमेत उपलब्ध गराए पनि अझैसम्म भवन बनाउन चासो नदेखाएको स्थानीयवासी उदयकुमार तामाङले बताए ।

उक्त चौकीले मादी नगरपालिका वडा नं १ र २ को निकै ठूलो क्षेत्रसम्म सुरक्षा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?