२१ मंसिर, काठमाडौं । काठमाडौंको रातोपुलमा प्रहरीले एक अभियुक्तलाई पक्राउ गर्न गोली चलाएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डकैती सम्बन्धी घटनामा मुछिएका राजन लिम्बुलाई पक्राउ गर्न गोली चलाएको हो । उनको खुट्टामा गोली लागेको छ ।
पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको प्रहरीले दाबी गरेको छ । उनी पनि हतियारसहित उपस्थित भएको महाशाखाले जनाएको छ । उनको साथबाट चाइनिज पेस्तोल र चार राउण्ड गोली भेटिएको प्रहरीको दाबी छ ।
यो पनि पढ्नुहोस को हुन् प्रहरीको गोली लागेर घाइते भएका राजन ?महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले अनलाइनखबरलाई दिएको जानकारी अनुसार लिम्बुले पछिल्लो समय इटहरीमा रहेको एक्टिभ मनी ट्रान्फरका सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरेर ३ लाख रुपैयाँ लुटेका थिए । उनले यसअघि ६ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।
थप अनुसन्धान जारी रहेको उनकाे भनाइ छ ।