Comments Add Comment

भारतको कसिलो बलिङ, १९१ रनमा अष्ट्रेलियाको ७ विकेट पतन

२१ मंसिर, काठमाडौं । भारतविरुद्धको पहिलो टेष्ट क्रिकेटमा घरेलु टोली अष्ट्रेलियाले खराब प्रदर्शन गर्दै दोस्रो दिनको समाप्तिमा १९१ रन बनाउँदा ७ विकेट गुमाएको छ ।

दोस्रो दिन नै आफ्नो पहिलो इनिङ्स थालेको अष्ट्रेलियाले खराब सुरुअात गरेको थियो । विना रन पहिलो विकेटको रुपमा आरोन फिन्चलाई शुन्य रनमै गुमाएको अष्ट्रेलियाले ५९ रन हुदा तेस्रो विकेट गुमाएको थियो ।

अष्ट्रेलियाका लागि क्रिजमा ट्रभिस हेड ६१ र मिचेल स्टार्क आठ रनमा अविजित छन् । अष्ट्रेलियाका पिटर हृयान्डस्कोम्बले ३४, उस्मान खवाजाले २८ र मार्कुस हृयारिसले २६ रन बनाएका थिए ।

अष्ट्रेलियाका ब्याट्सम्यानलाई सस्तैमा समेट्ने क्रममा भारतका स्पिनर रभिचन्द्रन अश्विनले ३ विकेट लिए । त्यस्तै, जसपि्रत बुम्रह र इशान्त शर्माले समान २-२ विकेट लिए ।

यसअघि भारतले टस जितेर पहिले ब्याटिङ गर्दै आफ्नो पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा २५० रन बनाएको थियो ।

पहिलो दिनको समाप्तिमा ९ विकेटको क्षतिमा २५० रन बनाएको थियो । दोस्रो दिन आज यही स्थितिबाट ब्याटिङ थालेको भारतले विना रन अन्तिम विकेट गुमाएपछि २५० रनमा अलआउट भएको हो ।

तीन रन हुदा पहिलो विकेटको रुपमा लोकस राहुललाई गुमाएको भारतले १९ रन हुदा तेस्रो विकेटको रुपमा कप्तान विराट कोहलीलाई गुमाएको थियो । एकपछि अर्को विकेट गुमाउने क्रममा मुरली विजय ११ रनमा आउट भएका थिए ।

तर भारतका लागि चेतेश्वर पुजराले उकासे । उलने आफ्नो टिमका लागि १२३ रन बनाए । उनकै शतकीय रनसँगै भारतले केही राहत पाएको हो । भारतका अन्य खेलाडी सस्तैमा समेटिएका हुन् ।

अष्ट्रेलियाका लागि जोस हज्लेवोडले तीन विकेट लिए । त्यस्तै, मिचेल स्टार्क, पट कुमिन्स र नाथन लियोनले समान २-२ विकेट लिए ।

फोटोः आईसीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment