+
+

बझाङमा तयार गरिँदै मेलमिलापकर्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २२ गते ९:२६

२२ मंसिर, बझाङ । गाउँघरमा हुने सानातिना विवाद मेलमिलापबाट सुल्झाउने उद्देश्यले जिल्लामा पहिलो पटक स्थानीय मेलमिलापकर्ता तयार गर्न लागिएकोे छ ।

सरकारवादी हुने मुद्दाबाहेक दर्ता भएका अन्य मुद्दामा स्थानीय निकायको न्यायिक समितिले फैसला गर्नुअघि मेलमिलाप गराउन वडावडामा मेलमिलापकर्ता राख्न लागिएको हो ।

जिल्लाको जयपृथ्वी नगरपालिका र तल्कोट गाउँपालिकाका प्रत्येक वडाबाट तीन–तीन मेलमिलापकर्तालाई सदरमुकाम चैनपुरमा आठदिने मेलमिलापसम्बन्धी आधारभूत तालीम सञ्चालन भइरहेको छ ।

नेपाल मेलमिलापकर्ता समाजको आयोजना तथा युएनडिपीको आर्थिक सहयोगमा संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनाले तालीम सञ्चालन गरेको तालीम संयोजक कविता शाहले बताइन् ।

तालीममा तल्कोट गाउँपालिकाबाट २१ र जयपृथ्वी नगरपालिकाबाट ३४ गरी ५५ महिला पुरुष सहभागी छन् । न्यायिक समितिमा आउने मुद्दालाई पनि वडा तहमा रहने मेलमिलापकर्ताबाटै मेलमिलाप गराउन सहज, सरल र छरितो हुने उक्त नगरपालिकाका उपप्रमुख जुना जाग्रीले बताइन् ।

अब स्थानीय तहमा मेलमिलापकर्ता डेक्स स्थापना गरी तालीम लिएका मेलमिलापकर्तालाई नगरपालिकाका साथै सबै वडामा राखिने उनले जानकारी दिइन् । स्थानीय तहका साथै अदालतमा समेत मेलमिलापकर्ताको आवश्यकता भएकाले नेपाल सरकारको कार्ययोजनाअन्तर्गत तालीम दिएको परियोजना अधिकृत सीमा धामीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?