Comments Add Comment

ललितपुरले बिराटनगरलाई दियो १०५ रनको लक्ष्य

२२ मंसिर, काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेटमा ललितपुर प्याटि्रयर्सले बिराटनगर बारियर्सलाई १०५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो । खराब सुरुवात गरेको ललितपुरले ३९ रन जोड्दा महत्वपूर्ण ४ विकेट गुमाइसकेको थियो । तर, कप्तान ज्ञानेन्द्र मल्ल र सन्नी पटेलले पाँचौं विकेटका लागि ३४ रनको साझेदारी गरे ।

पटेल व्यक्तिगत २० रनमा आउट भए । मल्ल मात्र एक रनले अर्धशतक बनाउन चुके ।

विराटनगरका लागि करण केसी र रोल्फ भानडेर मार्वेले समान २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment