Comments Add Comment

नेकपाका चार नेताद्वारा सचिवालय बैठक बहिस्कार

२२ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार नेताले सचिवालय बैठक बहिस्कार गरेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवत्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहस्कार गरेका हुन् । नेकपा सचिवालय बैठक अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो ।

तर, आधा घन्टा कुर्दा पनि बैठक सुरु नभएको भन्दै चार नेता बालुवाटारबाट हिँडेका हुन् । यसबारे सोध्दा प्रवक्ता श्रेष्ठले आफूले सँधै समयको पालना हुनु पर्नेमा जोड दिँदै आएको बताए । अरु कार्यक्रम र बैठकहरुमा निर्धारित समयमा पुग्ने र १५ मिनेटसम्म सुरु नभए हिड्ने गरेको भन्दै उनले भने, ‘आज पनि २० मिनेट कुरेँ । बैठक सुरु नभएपछि हिँडेको हुँ ।’

स्थायी कमिटी बैठक बोलाइयो

चारले बहिस्कार गरेपनि बाँकी नेताहरु बसेर स्थायी कमिटीको बैठकको मिति तय गरेको छ । स्थायी कमिटीको बैठक २९ गते अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय धुमबराहीमा बस्ने निर्णय सचिवालय बैठकले गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

नेकपाको सचिवालय ९ सदस्यीय छ । चार नेताको बहिस्कारबारे सोधिएको प्रश्नमा महासचिव पौडेलले दुई अध्यक्षको छलफल चलिरहेकाले बैठक बस्न ढिलो भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment