Comments Add Comment

सत्यवती गाउँपालिकाले दियो किसानलाई ६१ वटा हाते ट्याक्टर

२३ मंसिर,गुल्मी । कृषिमा अधुनिकता ल्याउन भन्दै गुल्मीको एक गाउँपालिकाले किसानहरुलाई मिनिटिलर (हाते ट्याक्टर) वितरण छ ।

सत्यवति गाउँपालिका कार्यपालिकाले आर्थिक वर्ष ०७५/७६ को कृषितर्फको वार्षिक वजेट कार्यक्रमबाट एक कार्यक्रमका बीच कृषकहरुलाई ६१ वटा हाते ट्याक्टर को वितरण हो । कृषक समूह एवम् व्यावसायिक कृषकहरु लक्षित गरी ५० प्रतिशत अनुदानमा ६१ वटा मिनिटिलर हाते ट्याक्टर वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।

परम्परागत कृषिलाई व्यावसायिक पेशाको रुपमा विकास गर्ने लक्ष्य अनुरुप कृषि प्रविधिको वितरण गरिएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए ।

उनले गाउँपालिकाले कृषि, पशुपालन र पर्यटनको माध्यमबाट गाउँपालिकालाई आर्थिक रुपले विकसित बनाउने बताए । कृषिमा आधुनिकताको प्रबिधि प्रयोग गरेर व्यवसायिक कृषितर्फ कृषकहरुलाई आकषिर्त गर्ने कार्यक्रहरु राखिने बताए ।

अहिले गरिरहेको कृषिमा आधुनिक प्रबिधि प्रयोग गरेर कम लागतमा धेरै उब्जनी बनाउनको लागि गाउँपालिकाले आगामी कार्यक्रमहरु समाबेश गर्दै लैजाने ढकालले बताए ।

गाउँपालिकालाई दुध, मासु, टमाटर, काउली आदिमा आत्मनिर्भर भइ निर्यातसमेत सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

उनले कृषिको आधुनिकीकरण गरी अन्य अन्नबाली र तरकारीबालीमा समेत निर्यात गर्नुपर्ने अबस्था ल्याउन गाउँपालिकााले आमागी योजना बनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment