+
+
Shares

सुधारियो सेयर बजार, करिब ११ अंकले बढ्यो परिसूचक

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २३ गते १५:५३

२३ मंसिर, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा सुधार भएको छ । आइतबार सेयर बजार करिब ११ अंकले सुधारिएको हो ।

धेरै जसो समूहहरु हरियाली देखिदा सेयर बजार १० दशमलव ८५ अंकले उकालो लागेको छ । सेयर बजारमा १० दशमलव ८५ अंकको सुधार देखिएसँगै नेप्से परिसूचक १ हजार १ सय ३१ दशमलव ७० मा आइपुगेको छ ।

आइतबार २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । दिनभर भएका २ हजार ९ सय ६५ कारोबारबाट १ सय ५५ कम्पनीका ७ लाख १४ हजार ६ सय १८ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २२ करोड ३७ लाख २४ हजार ६ सय ८७ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?