+
+
Shares

प्रस्तावित चारै राजदूतको नाम संसदीय सुनुवाइबाट अनुमोदन

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २३ गते १८:०६

२३ मंसिर, काठमाडौं । सरकारले हालै विभिन्न चार देशका लागि सिफारिस गरेको राजदूतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ । आइतबार बसेको समितिको बैठकले उनीहरुको नाम अनुमोदन गरेको हो ।

राजदूतमा अनुमोदन हुनेमा भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल रहेका छन् । उनीहरुको नाम समिति बैठकबाट सर्वसम्मत अनुमोदन भएको हो ।

आइतबारको सुनुवाइ समिति बैठकमा प्रस्तावित चारैजना राजदूतको सुनुवाइ भएको थियो । संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि उनीहरुलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?