Comments Add Comment

नबिल बैंकका ग्राहकलाई दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रकाे सेवामा १२ प्रतिशत छुट

२४ मंसिर, काठमाडाैं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रमा विशेष छुट र सुविधा पाउने भएका छन् ।

यसका लाागि नबिल बैंक र दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्र बिच सम्झौता भएकाे हाे । सम्झौता अनुसार दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई बहिरङ्ग बुक, चिकित्सकीय बहिरङ्ग शुल्क , चिकित्सकीय सामग्री, बाह्य प्रयोगशाला परीक्षण, खोप, अाइसीयू प्रक्रियाहरू र आईभीएफ बाहेक सामान्य अस्पताल शुल्कहरुमा १२ प्रतिशतको विशेष छुट र सुविधाहरु प्रदान गर्नेछ ।

उल्लेखित सेवाहरूमा नबिलका ग्राहकहरूले छुट पाउनुका साथै साथै दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रकाे सेवामा प्राथमिकता समेत पाउनेछन् ।

साथै आपतकालिन अवस्थामा अस्पतालले बैंकलाई सूचीवद्ध शुल्कमा एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने जनाइएकाे छ ।

‘ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्र संगको यस सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई व्यापक स्वास्थ्य सेवाको लाभ पुग्ने हामीलाई विश्वास छ’, नबिल बैंक लिमिटेडका प्रमुख खुद्रा बैंकिङ्ग निरज शर्माले भने ।

‘नेपाली नागरिकहरुलाई अधिक सेवा पुर्‍याउने हाम्रो प्रतिबद्धता अनुरुप नबिल बैंकसँग सहकार्य गर्न पाउँदा हामीलाई धेरै खुशी लागेकोछ र यो सम्झौताले सेवामा हामी थप एक कदम अगाडि बढेको विश्वास गर्दछौं’, दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सुरज बलाया श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment