Comments Add Comment

ग्लोबल आईएमईको डेढ अर्बको ऋणपत्र आउने

२४ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंकले ऋणपत्र जारी गर्ने भएको छ । १५ लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डसँग बैंकले सोमबार अनुमति माग गरेको हो ।

प्रति कित्ता एक हजार रुपैयाँका दरले हुन आउने एक अर्ब ५० करोड रुपैयाँको ऋणपत्रमा बैंकले १० दशमलव ५० प्रतिशत व्याजदर दिने बताएको छ ।

ग्लोबल आइएमई डिबेञ्चर २०८०’ नाम दिइएको ऋणपत्रको अवधि पाँच वर्ष हुने बताइएको छ । ऋणपत्रको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

निष्काशन हुन लागेको ऋणपत्रमध्ये २० प्रतिशत अर्थात ३० करोड रुपैयाँको एक हजार रुपैयाँ अंकित दरको ३ लाख कित्ता सर्वसाधारणका लागि र ८० प्रतिशत अर्थात एक अर्ब २० करोड रुपैयाँको एक हजार रुपैयाँ अंकित १२ लाख कित्ता व्यक्तिगत तवरबाट निजी संस्थाका लागि बिक्रीमा ल्याउने छ ।

के हो ऋणपत्र ?

कुल ऋण पुँजीलाई सर्वसाधारणले खरिद गर्न सक्ने गरि स-साना एकाईहरुमा विभाजन गरिएको एकाईहरुलाई ऋणपत्र भनिन्छ ।

ऋणपत्रलाई कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर र भुक्तानी विधी, अचल जायजेथा धितो राखेको भए सो को अवस्था आदि शर्तहरु उल्लेखगरी आधिकारिक रुपमा गरिदिएको लिखित पत्र पनि भनिन्छ ।

ऋणपत्र लिनेलाई सेयर होल्डर जस्तो मताधिकार भने हुँदैन । ऋणपत्रको ब्याजदर पूर्व निर्धारित हुने भएकाले धेरै नाफा आर्जन गर्दा पनि ऋणपत्रधारीहरुले नाफामा दाबी गर्न पाउदैनन् ।

ऋणपत्रको परीपक्व अवधी दिर्घकालिन हुने भएकाले कम्पनीको लागी आवश्यक पर्ने स्थिर सम्पति खरिद गर्न ऋणपत्र मार्फत पुँजी उठाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment