Comments Add Comment

मप विश्वविद्यालयको आन्दोलनलाई लिएर सत्तारुढ विद्यार्थी विभाजित

२५ मंसिर, काठमाडौं । मध्यपश्चिमाञ्चल विश्विद्यालयमा पछिल्लो समय चर्केको आन्दोलनको विषयलाई लिएर सत्तारुढ दल नेकपाको विद्यार्थी संगठनमा आवद्ध विद्यार्थीहरु नै विभाजित भएका छन् ।

आन्दोलनका क्रममा केही समयअघि सत्तारुढ नेकपाका विद्यार्थीसहितले मप विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्र कोइरालालाई बाँकेमा अभद्र व्यवहार गरेको भन्ने विषयलाई लिएर विद्यार्थीहरु विभाजित भएका हुन ।

अभद्रव्यवहार गरेको भन्दै उपकुलपतिले मुद्दा दर्ता गरेपछि नेविसंघका नेताहरुसहित अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य देवीचन्द्र उपाध्याय र अखिलका नेता तथा मप विश्वविद्यालयका स्ववियु सचिव भरत शाही सोमबार पक्राउ परेका थिए ।

पक्राउ परेका नेताहरुलाई रिहाइ गर्न भन्दै अनेरास्ववियुका कार्यबहाक अध्यक्ष रश्मी आचार्य, क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र नेविसंघका अध्यक्ष नैनसिंह महरले मंगलबार संयुक्त विज्ञप्ति प्रकाशित गरेका छन् । विज्ञप्तिमा रिहाइ नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

यो पनि पढ्नुहोस नेता रिहाइको माग गर्दै तीन विद्यार्थी संगठनले दिए अान्दोलनको चेतावनी

यता अखिलका महासचिव ऐन महरले भने छुट्टै विज्ञप्ति प्रकाशित गरी नेविसंघको भाइ बन्न खोजेको भन्दै कडारुपमा आपत्ति जनाएका छन् ।  उनले भ्रष्ट पदाधिकारीलाई बचाउमा संगठनको लेटरप्याड दुरुपयोग गरेको आरोपसमेत लगाएका छन् ।

महरले जारी गरेको विज्ञप्ति हालै निलम्बित रजिष्ट्रार महेन्द्रबहादुर मल्लको पक्षमा सुरु भएको आन्दोलनसँग केन्द्रित छ । तर, महरले निलम्बित रजिष्ट्रार मल्लको पक्षमा संगठन लागेको आरोप लगाए पनि रिहाइ गर्न माग गरिएका विद्यार्थीहरु यसअघिकै मुद्दामा पक्राउ परेका हुन् ।

दुबै संगठनका प्रदेश कमिटीले समेत आफ्नै पार्टी निकटका उपकुलपतिविरुद्ध आन्दोलन गरेको भन्दै पक्राउ परेका नेताद्वय उपाध्याय र शाहीलाई कारबाहीका लागि सिफारिस गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment