Comments Add Comment

दराज १२.१२ क्याम्पेनः अनलाइन किनमेलको नयाँ युग !

२५ मंसिर, काठमाडौं । दराजमा प्रयोगकर्ताको किनेमल अनुभवलाई अझै स्तरीय बनाउन नयाँ विशेषताहरु थपिएका छन् । दराज १२.१२ अभियान अन्तर्गत यही डिसेम्बर १२ तारिखसम्म क्रेताहरुले चुनिएका महिला र पुरुषका फेसन, घरायसी उपकरणहरु, मोबाइल फोनहरु, खाद्य-सामग्रीहरु, जीवनशैली, सौन्दर्य र अरु पनि धेरै सरसामानहरुमा ठूलो छुटको अपेक्षा राख्न सक्नेछन् ।

म्यास्ट्री बक्सहरुसँगसँगैं दराजको नयाँ आकर्षणः दराज मल र कलेक्टिबल भाउचरहरुले १२.१२ लाई यो डिसेम्बर महिना वास्तवमै भिन्न अनुभूतियुक्त महिना बनाइ दिने दराजले जनाएको छ ।

नयाँ दराज एप र वेबसाइटको मुख्य मेनुमार्फत् प्राप्त गर्न सक्छन्, जसमा अन्तर्राष्ट्रिय, स्वदेशी साथ साथै माथिल्लो श्रेणीमा रहेका अनलाइन् ब्राण्डहरुको बृहत्तर छनौट रहेका छन् ।

दराजमलका सर सामानहरुको सहुलियतको आनन्द लिन प्रयोगकर्तारुले दराजमललाई या त गृहपृष्ठ, १२.१२ क्याम्प्येन अथवा उनीहरुको मन परेको पि्रय ब्राण्डहरुलाई नामद्वारा खोजी गरेर सजिलै फलो पार्न सक्छन् । दराजमल ब्याचले प्रयोगकर्ताहरुलाई थप गुणस्तरको निश्चिन्तता प्रदान गर्ने कम्पनी बताउँछ ।

अर्को नयाँ विशेषता भनेको कलेक्टिबल भाउचरहरु हुन्, जुन सुविधामय तरिकाले सञ्चय गर्न सकिन्छ र प्रयोगकर्ताको खातामा जम्मा गरेर तिन्को म्याद सकिनु अगावै प्रयोग गर्नुपर्नेछ ।

भाउचरहरु एकपटक सम्बन्धित प्रक्रिया पुरा भएपछि कार्टमा स्वतः नै लागू हुनेछ र सोही प्रक्रिया धेरैवटा भाउचरहरु प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताहरुले सम्बन्धित स्टोर, ब्राण्ड अथवा नयाँ दराज एपको गृहपृष्ठमा भाउचर बटनमार्फत् वा १२.१२ क्याम्पेय वा स्टोर पेज अथवा चुनिएका स्टोरहरुलाई फलो गरी सरप्राइज उपहारको रुपमा भाउचरहरु संकलन गर्न सक्छन् ।

आफ्नो खातामा भाउचरहरु थप गर्नलाई केबल कलेक्टलाई ट्याप गरे पुग्दछ । दराजमा थपिएका नयाँ विशेषताहरुका बारेमा दराज नेपालका प्रबन्ध निर्देशक लिनो एह्लेरिङले आफ्नो उत्साहलाई यसरी व्यक्त गर्नु भयो, गएको महिनामा ११.११ ले दिलाएको अपार सफलताले नेपालको ई-कमर्समा एक नयाँ युगको सुरुवात गरेपश्चात् यस पटक स्थानीय उपभोक्ताहरुलाई हामी बिल्कुलै नयाँ विशेषताहरुयुक्त नौलो र अनुपम किनमेलको अनुभव प्रदान गर्ने बताए । दराजको साथमा ध्यानपूर्वक चुनिएका ब्राण्डहरुसहितको मल तपाइंर्ल तपाईको औलाहरुमै पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment