Comments Add Comment

छत्तीसगढमा कमजोर कांग्रेसलाई जीतको बाटो देखाउने नेता

भूपेश बघेलको कालो रंगको एसयूभीको माइलो मिटरले देखाउँछ कि यो गाडी अहिलेसम्म १ लाख ९७ हजार किलोमिटर गुडिसक्यो ।

उनका ड्राइभरका अनुसार यो गाडी मार्च २०१५ देखि उनीसँग छ । अध्यक्ष बनेपछि उनले दुईवटा गाडी प्रयोग गरेका छन्, त्यसलाई पनि जोड्ने हो भने अहिलेसम्म २ लाख ७५ हजार किलोमिटर यात्रा गरेका छन् ।

यसले बताउँछ कि पछिल्लो ५ वर्षमा प्रदेश कांग्रेस कमिटीको अध्यक्ष भएपछि भूपेशले कसरी सानो प्रदशेमा ठूलो यात्रा गरे, जुन सवारीसँग मात्र जोडिएको छैन । उनले पछिल्लो ५ वर्षमा विभिन्न मुद्दामा एक हजार किलोमिटर पदयात्रा पनि गरेका छन् ।

भूपेश बघेलले त्यतिबेला अध्यक्ष पद सम्हाले, जतिबेला प्रदेशमा कांग्रेसका शीर्ष नेताहरु झीरम घाटीमा कथित नक्सली आक्रमणमा मारिए । उनले पार्टीको कमाण्ड सम्हाल्दा कार्यकर्ता हतार र निराश थिए र लोकसभा चुनाव नजिकिएको थियो ।

उनले लोकसभा चुनावमा कुनै करिश्मा देखाएनन् । तर, प्रदेशमा कांग्रेसको गाडीलाई नयाँ ट्र्याकमा ल्याउन काम सुरु गरे । चाहे राशन कार्ड कटौतीको मुद्धा होस् वा किसानको धान खरिद र बोनसको मुद्दा होस् । उनले कांग्रेसलाई सडकमा उतारे ।

कांग्रेसका महामचिव अटल श्रीवास्तव भन्छन्, ‘कांग्रेसका कार्यकर्ताले आन्दोलन गर्न बिर्सिसकेका थिए । भुपेश बघेलले पुरै प्रदेशमा आन्दोलन गर्न सिकाए ।’

पछिल्लो पाँच वर्षमा कांग्रेस कार्यकर्ताले सरकारको गलत नीतिको जति विरोध गरे, त्यति रमन सिंहको पछिल्लो दुई कार्यकालमा कहिल्यै भएको थिएन ।

आक्रमक शैली, कडा बयान

भुपेश बघेलको छवि प्रदेशमा एक चलाख नेताका रुपमा छ । जब उनी प्रदेशको भ्रमण जान्छन्, कांग्रेसका युवा कार्यकर्ता नारा लगाउँथे, हेर हेर को आयो, छत्तीसगढको शेर आयो ।’

यो नाराको कारण छ, भूपेशले पछिल्लो ५ वर्षमा जसरी भारतीय जनता पार्टीको सरकार र खासगरी मुख्यमन्त्री रमन सिंहविरुद्ध लडे, यसले कार्यकर्ताको मनोबल निकै बढेको छ ।

उनले रमन सिंह र उनको परिवारको कथित भ्रष्टाचारको मामिला एकपछि अर्को उजागर गरे, शक्तिशाली नोकरशाहलाई खुलेआम चुनौती दिए, उसले राज्यमा कांग्रेसको छवि बदलियो । अन्तागढ उपचुनावमा गलत गर्ने आफ्ना कार्यकर्तालाई निष्काशित गरेपछि उनको छवि ‘हिम्मतवाला’ नेताको रुपमा बन्यो । यो बीचमा थुप्रै नेता मुख्यमन्त्री रमन सिंहको मित्र बने र सरकारी विमान र हेलिकोप्टरको सुविधा भोगे ।

पत्रकार विनोद शर्मालाई समर्थन

यो लडाई न भूपेशका लागि सहज थियो न कांग्रेस कार्यकर्तालाई । रमन सिं सरकारले भूपेशलाई पटक पटक घेरा हाल्ने कोशिस गर्‍यो । भ्रष्टाचार निरोधक शाखाले भूपेश, उनकी आमा र पत्नीविरुद्ध एफआईआर दर्ता गर्‍यो । जवाफमा उनले आफ्नो विरामी आमा र पत्नीलाई लिएर गिफ्ताारी दिन एसपीबीको कार्यालय पुगे ।

प्रदेशका एकमन्त्री राजेश मूणतको कथित अश्लील सीडीको मामिलामा जब पत्रकार विनोद बर्माको गिरफ्तार भयो, उनले रायपुरमा पत्रकार सम्मेलन गरे र हातमा सीडी हल्लाउँदै भने, यो सीडी राख्दा गिरफ्तार हुन्छ भने मेरो हातमा पनि छ, मलाई पनि गिरफ्तार गर सरकार ।’

रमन सिंह सरकारले उनलाई गिरफ्तार त गरेन तर, सीडी बाँडेको रिपोर्ट दर्ता गर्‍यो र सीबीआईलाई मुद्दा सुम्पियो । उनीविरुद्ध अश्लील सीडी बाँडेको आरोपमा एफआईआर दर्ता भयो तर, उनले जमानत लिन मानेनन् र जेल गए ।

उनले पार्टीलाई बुथ स्तरमा पुर्‍याए । राष्ट्रिय स्तरमा आरएसएससँग राहुल गान्धीमात्र खुला लडाई लडिरहेको देखिन्थे तर, छत्तीसगढमा यो कमाण्ड भूपेशले सम्हाले । फेसबुकमा खुला चिठ्ठी लेखेर आरएसएसलाई देशको सबैभन्दा पाखण्डी संगठनको संज्ञा दिए ।

बीबीसी हिन्दीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment