Comments Add Comment

प्रदेश ३ को राजधानी हेटौंडाबाट तलमाथि हुँदैन : मुख्यमन्त्री पौडेल

२६ मंसिर, काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौंडाबाट नसारिने दावी गरेका छन् ।

बुधबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा उनले राजधानी तलमाथि गरेमा भौतिक संरचना तयार पार्नमै समय खेर जाने भन्दै हेटौंडा नै कायम गरिने बताएका हुन् । मुख्यमन्त्री पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी पनि गरेका छन् ।

‘आउने पुसभित्रै प्रदेश ३ को नामाकरण गर्छौं । तर अहिले राजधानी तलमाथि गरियो भने एक वर्ष फेरि भौतिक संरचना तयार पार्नकै लागि समय खेर जान्छ । हामीले नसकेर नामाकरण नगरेको होइन । हामी यो जम्माजम्मी दश महिना भुईँ र सुकुलमा बसेर काम गरेका हौं । यो अवधिमा हामीले सारा संरचना तयार गर्यौं । हामी बल्ल ट्रयाकमा हिँडेका छौं ।’

मुख्यमन्त्री पौडेलले आफूहरु भर्खरै एउटा ट्रयाकमा हिँड्न थालेको र अब विकास निर्माणको कामले गति लिनुपर्छ भनेर हिँडिरहेको अवस्थामा राजधानीलाई तलमाथि गरिए एक वर्ष ब्याक हुने धारणा राखे ।

उनले भने, ‘हाम्रो राजधानी अहिले जहाँ छ, जसरी काम भइरहेको छ । भौतिक संरचनासहित त्यहाँ सेटअप छ । अब त्यो ठाउँबाट राजधानी लानेबित्तिकै हामीले यो वर्ष गरिएका योजनाहरुलाई बाधा पुर्‍याउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment