Comments Add Comment

राष्ट्रपतिको विरोध कार्यक्रमको फोटो खिच्दा पत्रकार पक्राउ

२७ मंसिर, काठमाडौं । राष्ट्रपति कार्यालयमा समाचार संकलनका लागि गएकी पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देशसञ्चार डटकमकी फोटो पत्रकार वर्षा शाह छन् ।

प्रेस पास बोकेर तस्वीर खिचिरहेका वेला उनलाई प्रहरीले बिहीबार अपरान्ह ४ बजे नियन्त्रणमा लिएको थियो । राष्ट्रपतिले महँगो गाडी खरिद गर्न लागेको विषयलाई लिएर बिरोध स्वरुप गरिएको प्रतीकात्मक कार्यक्रमको फोटो खिच्न उनी त्यहाँ पुगेकी थिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाडी खरिद गर्नका लागि सर्वसाधारणसँग एक/एक रुपैयाँ उठाएर हस्तान्तरण गर्ने कार्यक्रम थियो । सोही कार्यक्रमको फोटो खिच्दै गर्दा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) फणिन्द्र प्रसाईंले स्वीकारे ।

‘निषेधिक क्षेत्रमा कार्यक्रम गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो’, प्रसाईंले अनलाइनखबरसँग भने, ‘सुरक्षा निकायलाई समेत कार्यक्रमबारे जानकारी नभएकाले नियन्त्रणमा लिएका थियौं ।’

उनले पत्रकार शाहलाई छाड्ने तयारी भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment