Comments Add Comment

मागी विवाह : यसरी ल्याउने दाम्पत्य जीवनमा मधुरता

प्रेम विवाह ठिक कि मागी बिबाह भन्ने बहस विगतदेखि नै हाम्रो समाजमा चल्दै आएको छ । दुवैथरी विवाहका आआफ्नो गुण-दोष छन् ।

खासगरी परम्परागत सोचका मानिसहरु मागी बिहेमा विश्वास राख्छन्, भने नयाँ सोचकाहरु प्रेम विवाहमा । प्रेम विवाह गर्दा केटा र केटीले एकअर्कालाई पहिल्यै राम्ररी बुझेका हुन्छन् । प्रेम गर्नेहरुले न त धन हेर्छन् न त जात । कतिसम्म भने उनीहरुले पढाई, आम्दानी सम्मको पनि मतलव गर्दैनन् ।

जबकी मागी विवाहमा यस्ता कुराको बढी महत्व हुन्छ । किनकी मागी विवाहमा अभिभावकले खोजेका योग्य उम्मेदवारसँग जोडी गाँसिन्छ । अभिभावकले केटा वा केटीको गुण, दोष, घर, नोकरी, पैसा, आम्दानी, सुन्दरता, सामाजिक परिवेश, पढाई लेखाई सबै हेर्छन् ।

तर, बाबुआमाले खोजिदिएको व्यक्ति उनीहरुका छोराछोरीले मन पराउँछन् भन्ने पनि हुँदैन । किनकी अहिलेको पुस्ता पहिलेको भन्दा फरक छ । आफूले मन नपराई उनीहरु बिहे गर्न तयार हुँदैनन् । उनीहरु हुनेवाला जीवनसाथी कत्तिको रोमान्टिक छ, कत्तिको रमाइलो गर्ने खालको छ, खुलस्त छ कि छैन,  आफूलाई बुझ्ने छ कि छैन भन्ने पनि हेर्ने गर्छन् ।

यस्तोमा आफूले खोजिदिएको व्यक्तिसित विवाहका लागि छोराछोरीलाई सहमति गराउनु अभिभावकका लागि पनि कम चुनौतीपूर्ण छैन । तर, यदि राम्रो समझदारीका साथ निर्णय लिने हो भने मागी बिबाहलाई सफल बनाउन सकिन्छ । यसका लागि हामी केही राय सल्लाह दिँदैछौ ।

अभिभावकको समस्या बुझ्ने कोशिस गर्ने

आफ्ना छोराछोरीको इच्छा, आकांश र कल्पनालाई पूरा गर्ने जीवनसाथीको खोजी गर्नु अभिभावकहरुका लागि सहज छैन । त्यसमा पनि धर्म, संस्कृति, सामाजिक पृष्ठभूमि तथा खान्दानलाई पनि उनीहरुले निकै महत्व दिन्छन् ।

मागी विवाहले निम्त्याएको कुनै पनि समस्यामा अभिभावकलाई दोष दिनुअघि छोराछोरीले बाबुआमाको ठाउँमा रहेर सोच्नुपर्छ । बाबुआमाको वाध्यता तथा परिस्थितिलाई मनन गरेर मात्र प्रतिक्रिया जनाउन जरुरी छ ।

हरेक कुराका सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् । त्यस्ता पक्षलाई सन्तुलनमा राखेर जीवनमा सहजै अघि बढ्न सकिन्छ । सबै कुरा अभिभावकको काँधमा भिराउने भन्दा पनि आˆना लागि योग्य व्यक्ति खोज्नका लागि उनीहरुलाई साथ दिन सकिन्छ । आˆनो लागि कस्तो वर खोज्दा राम्रो हुन्छ, अभिभावकलाई बताउन सकिन्छ । र, मागी विवाहबाट पनि आफूले चाहेजस्तो जीवनसाथी भेट्टाउन सकिन्छ ।

बच्चाको समस्या पनि बुझ्ने कि ?

मागी विवाहका क्रममा अभिभावकको अप्ठेरो बच्चाले बुझ्न जरुरी छ भने अभिभावकले पनि आफ्ना बच्चाको समस्या बुझ्न जरुरी छ । आजकलका युवा निकै आधुनिक छन् । उनीहरु हरेक कुरा आधुनिक तरीकाले सोच्छन् । आधुनिक तरीकाले गर्न खोज्छन् । त्यसैले, विवाहको कुरामा अभिभावकहरु पनि थोरै लचिलो हुन जरुरी छ ।

जन्मकुण्डली मिलाउने, परम्परा मान्ने, रितिरिवाज अनुसार कार्य गर्नेबाहेक पनि केटा र केटी एक आपसमा कति सहज छन्, त्यसबारे पनि ध्यान दिनु जरुरी छ । त्यसको लागि संकुचित सोचबाट थोरै माथि उठेर छोराछोरीको चाहनाअनुसार उनीहरुलाई मिल्ने व्यक्ति छान्नुपर्छ । अहिलेका केटा-केटीहरु कुनै पनि हालतमा अनावश्यक सम्झौता गर्न तयार हुँदैनन् । त्यसैले, सम्झौता गर्न नसक्ने व्यक्तिहरुका लागि अरेन्ज म्यारिज गर्नु त्यति सजिलो पनि छैन ।

सम्भावित समस्या

मागी विवाहमा अभिभावक तथा नातेदारहरु विभिन्न किसिमको दवाव सिर्जना गर्छन् । जसले गर्दा केटा-केटीलाई एक अर्काको बारेमा बुझ्न पर्याप्त समय हुँदैन । अझ केटा वा केटी फरक फरक देशमा बसोबास गर्छन्, भने उनीहरुमा यस्तो समस्या अझै बढ्न सक्छ ।

मागी विवाहमा उनीहरुलाई एक-अर्काबारे राम्रो जानकारी हुँदैन । के मनपर्छ, के पर्दैन भन्ने थाहा हुँदैन । फेरि, उनीहरु जो कोहीसित सजिलै घुलमिल हुन सक्दैनन् । यसले गर्दा विवाहलगत्तै उनीहरुलाई नयाँ माहोलमा नयाँ व्यक्तिका साथमा एडजस्ट गर्नसमेत असहज हुने गर्छ ।

त्यसो भए के गर्ने त ?

आमाबाबुले खोजेको व्यक्तिलाई नै जीवनसाथी बनाउने हो भने सबैभन्दा पहिले त उनीहरुमाथि विश्वास गर्न जरुरी छ । उनीहरुको निर्णयको कदर गरेर त्यसमा सहमति जनाउन जरुरी छ ।

केटा/केटीसित भेटिसकेपछि उसलाई खुलेर आˆनो भनाई राख्ने अवसर दिनु पर्छ । तनाव कम गर्नुपर्छ । साथीलाई सहज महसुस गराउनुका साथै उनीहरुप्रतिको आˆनो धारणा परिवारलाई खुलस्त राख्नु पर्छ ।

गलत निर्णय लिनुभन्दा समय छँदै सही निर्णय लिनुपर्छ । अभिभावकलाई आफूले चाहेको के हो भन्ने कुरा खुलस्त बताउनुपर्छ ।

दुईजना कुरा गर्दा एक अर्काको विगतका सम्वन्ध कोट्याउनु हुँदैन । बरु भविष्यको योजना बनाउनुका साथै आˆनो रुची, स्वभावबारे कुरा गर्नुपर्छ । आˆनो पढाई, नोकरी, वर्किङ्ग आवर, व्यस्तता, तलवबारे यथार्थ कुरा प्रष्ट बताउनुपर्छ । ताकि पछि कुनै समस्या नहोस् । यसबाहेक, एक-अर्काका साथीभाईबारे पनि जानकारी राख्दा राम्रो हुन्छ ।

यसरी कुरा गर्दा आम्दानी र खर्चबारे पनि स्पष्ट हुनु पर्छ । आजकलका महिलाहरु श्रीमानको पैसालाई त आˆनो पैसा मान्छन्, तर आफूले कमाएको पैसालाई श्रीमानको मान्न तयार हुँदैनन् । जसले गर्दा पछि गएर विवाद हुने गर्छ ।

मागी विवाहमा प्रेम विवाहको आभास

मागी विवाहमा कयौ कुरा एडजस्ट गर्नुपर्छ । त्यसका लागि वर-वधु दुवै जना तयार हुनुपर्छ । तर मागी विवाहलाई पनि प्रेम विवाहको फ्लेवर दिन एक-अर्कासित समय विताउनु पर्छ । एक-आपसमा फ्लर्ट गरेर, हँसिमजाक गरेर, स-साना  सरप्राइज दिएर पनि आत्मीयता बढाउन सकिन्छ । यसमा प्रेम विवाहको अभास पनि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment