Comments Add Comment

देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा शिवराज पौडेल नियुक्त

२८ मंसिर, चितवन । देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा देवघाटका शिवराज पौडेल नियुक्त भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई दुई वर्षका लागि समितिको अध्यक्षमा नियुक्त गरिएको हो । तनहुँ देवघाट गाउँपालिका-५ का पौडेल यसअघि साविकको देवघाट गाविसका अध्यक्ष रहेका थिए ।

सामुदायिक अध्ययन केन्ऽ र देवघाट सार्वजनिक पुस्तकालयको अध्यक्षसमेत रहेका पौडेल देवघाटका विभिन्न धार्मिक सङ्घसंस्था, गुरुकुल, आश्रम, विद्यालय, रेडक्रस लगायतका विभिन्न २२ सामाजिक संघसंस्थामा आबद्ध छन् ।

प्रायजसो चितवनबाट देवघाट क्षेत्र विकास समितिको अध्यक्ष हुँदै आएकोमा यसपटक तनहुँका स्थानीयले मौका पाएका हुन् ।

नवनियुक्त अध्यक्ष पौडेलले देवघाटधामलाई नेपालको उत्कृष्ट धार्मिक पर्यटकीय गन्तब्य बनाउने दावी गरे । देवघाट क्षेत्रकेा विकासको लागि केन्द्र, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गरिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment