Comments Add Comment

‘दाल भात तरकारी’को सेटमा बर्षाको बर्थ डे सेलिव्रेशन

नायिका बर्षा राउत आजबाट २५ बर्षमा प्रवेश गरेकी छिन् । बर्षाको जन्मदिन आज चलचित्र ‘दाल भात तरकारी’को सेटमा सेलिव्रेशन गरिएको छ । यसको निर्माणपक्षले केक काट्दै बर्षालाई शुभकामना दिएको हो । चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, निरुता सिंह, बसुन्धरा भुषाल, किरण केसी, राजाराम पौडेल, विल्सन विक्रम राई, निर्देशक सुदन केसीले शुभकामना दिदै गर्दा बर्षा भावूक बनिन् । उनले भनिन्–‘मैले सोचेकी थिइनँ कि यति धेरै माया पाउँुछ । तर, म सधै नै राम्रो काम गरेर अगाडि बढ्नेछु ।’

कलाकार हरिवंशले बर्षाको कामप्रतिको लगाव तारिफयोग्य भएको भन्दै उनी ‘दाल भात तरकारी’का लागि अचार भएको बताए । यस्तै, चलचित्रका निर्माता तथा कलाकार किरण केसीले नायक संजोग कोइरालासँग चाडै नै घरजम होस् भनेर शुभकामना दिएका थिए ।

यस्तै, बर्षाका प्रेमी तथा कलाकार संजोग कोइरालाले उनको कामप्रतिको लगावले आफू सधै नै प्रभावित हुने गरेको बताए । नायिका निरुता सिंहले बर्षासँग पहिलो पटक काम गरेपनि उनको सेटमा रमाइलो गर्ने बानी र उनको प्रतिभाले आफू प्रभावित भएको बताइन् ।

यस्तै, नायिका आँचल शर्माले बर्षा र आफू मिल्ने साथी भएको भन्दै उनको मुस्कान मनपर्ने सुनाइन् । बर्षालाई चलचित्रको निर्माण टिमले उनको तस्बिर अंकित आकर्षक फ्रेममा सजिएको तस्बिर उपहार दिएको थियो । यस्तै, कलाकार विल्सन विक्रम राइले पनि उनलाई उपहार प्रदान गरे ।

नायिका राउत नेपाली चलचित्र क्षेत्रमा अहिले चलेकी नायिका हुन् । ठूला ब्यानरका अधिकांश चलचित्रमा आवद्ध बर्षाले आफूले दर्शकलाई कहिले पनि निराश नबनाउने बताइन् ।

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment