Comments Add Comment

भारतविरुद्धको दोस्रो टेष्टमा अष्ट्रेलियाको मध्यम स्कोर

२८ मंसिर, काठमाडौं । पाहुना टोली भारतविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा घरेलु टोली अष्ट्रेलियाले मध्यम स्कोर बनाएको छ ।

पर्थ स्टेडियममा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो दिनको समाप्तिसम्म ६ विकेटको क्षतिमा २७७ रन बनाएको हो । अष्ट्रेलियाका लागि ओपनर मार्कुस ह्यारिस र आरोन फिन्चले राम्रो प्रदर्शन गर्दै ११२ रनको साझेदारी गरे ।

ह्यारिसले ७० रन बनाए भने फिन्चले ५० रन बनाएर आउट भए । त्यस्तै, अष्ट्रेलियाका लागि ट्रेभिस हेडले ५८ र शाउन मार्सले ४५ रन बनाएर आउट भए ।

क्रिजमा भने अष्ट्रेलियाका कप्तान टिम पाइन १६ र पट कुमिन्स ११ रनमा अविजित छन् । अष्ट्रेलियाले दोस्रो दिन शनिबार ६ विकेटको क्षतिमा २७७ रनदेखि नै ब्याटिङ थाल्ने छ ।

भारतका लागि भने बलिङतर्फ इशान्त शर्मा र हनुमा विहारीले समान २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment