Comments Add Comment

स्पेनिस ला लिगा: रियल मड्रिड विजयी, बेन्जिमाले बराबरीको खतरा टारे

१ पुस, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित हात पारेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले रायो भ्यालेकानोलाई १–० गोलले हराएको हो ।

रियलको जितमा करिम बेन्जिमाले गोल गरे । उनकै निर्णायक गोलमा रियल बराबरीबाट जोगिएको हो । खेलको १३ औं मिनेटमा नै बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अगाडि रहेको रियलले दोस्रो हाफमा गोल गर्ने धेरै अवसर खेर फाल्यो ।

शनिबार राति नै भएका अन्य खेलमा एट्लेटिको मड्रिडले रियल भ्यालाडोलिडलाई ३–२ गोलअन्तरले पराजित गरेको छ । त्यस्तै, गेटाफेले रियल सोसाइडेडलाई १–० गोलअन्तरले पराजित गर्दा इल्बार र भ्यालेन्सिया भने १–१ गोलको बराबरीमा रोकिएका छन् ।

जितसँगै रियलले १६ खेलबाट २९ अंक बनाएको छ । पराजित रायो भ्यालेकानोले भने १६ खेलबाट १० अंक मात्रै बनाउन सकेको छ ।

लिगको शीर्ष स्थानमा भने बार्सिलोना रहेको छ । बार्सिलोनाको १५ खेलबाट ३१ अंक रहेको छ । त्यस्तै, लिगको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको १६ खेलबाट ३१ अंक नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment