Comments Add Comment

फेरि सर्यो ‘दि ब्रेकअप’, अब ‘क्याप्टेन’सँग भिड्ने

चलचित्र ‘दि ब्रेकअप’को प्रदर्शन मिति फेरि सरेको छ । यो चलचित्रको प्रदर्शन मिति दोश्रो पटक पौष २७ गतेबाट सारिएको हो । यसअघि गतबर्षको प्रेमदिवसमा नै यो चलचित्र रिलिज गर्ने तयारी गरिएको थियो ।

निर्देशक हेमराज वीसीका अनुसार अब यो चलचित्र फागूण १७ गतेबाट रिलिज हुने भएको छ । यो मितिमा पहिले नै नायक अनमोल केसीको चलचित्र ‘क्याप्टेन’ आउने पक्का छ । यहि मितिमा आउने भनिएको चलचित्र ‘जात्रै जात्रा’ले भने आफ्नो प्रदर्शन मिति सारेको छ ।

चलचित्र ‘दि ब्रेकअप’मा नायक आशिरमान देशराज जोशी, रेमनदास श्रेष्ठको साथमा नव–कलाकार शिल्पा मास्के र इच्छा कार्कीको मुख्य भूमिका छ । लभ स्टोरी कथामा बनेको यो चलचित्रको बजेट पनि धेरै लागेको निर्देशक तथा निर्माता वीसीले बताए ।

उनले ‘क्याप्टेन’सँग आउँदा दुबै चलचित्रलाई घाटा नहुने बताए । आफूहरुको लगानी पनि धेरे भएकाले यो मिति भन्दा उत्तम अर्को नपाएकाले यहि मितिमा रिलिज गर्न लागेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment