Comments Add Comment

नेपाल र अमेरिकी विदेशमन्त्रीको भेट पुस ३ गते

१ असोज, काठमाडौं । भोलि विहान अमेरिका भ्रमणमा जान लागेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी समकक्षी माइकल आर पेम्पोबीच पुस ३ गते भेटवार्ता हुने भएको छ ।

१७ वर्षपछि दुई देशबीच हुन लागेको औपचारिक भ्रमणका क्रममा मन्त्री ज्ञवालीले अमेरिकी समकक्षीसँग १८ डिसेम्बर अर्थात पुस ३ गते मंगलबार भेटवार्ता गर्ने परराष्ट्रमन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकामा उल्लेख गरिएको छ ।

भ्रमणका क्रममा मन्त्री ज्ञवालीले ह्वाइटआउसका उच्च अधिकारी, अमेरिकी सहयोग नियोग युएसएड र मिलेनियम च्यालेञ्ज कोपरेसनका अधिकारीसँग पनि भेट गर्नेछन् ।

पुस ३ गते नै परराष्ट्रसचिव शंकरदास बैरागी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्ये एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री एलिस जी वेल्सबीच छलफल गर्ने कार्यक्रम रहेको छ ।

नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री, परराष्ट्रसचिवका साथै अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की, अर्थ, गृह, परराष्ट्र मन्त्रालयका सहसचिवहरु पनि सहभागी हुनेछन् ।

यो पनि पढ्नुहोस १७ वर्षपछि नेपालबाट अमेरिकामा औपचारिक भ्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment