+
+

चार बर्षीया बालिकासँग यौन दूराचार गर्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १ गते १८:१९

१ पुस, सप्तरी । बालिकामाथि यौन दूराचार गरेको आरोपमा जिल्लाको बोदे बर्साइन नगरपालिका ७ हैंठी टोलका एक पुरुष पक्राउ परेका छन् ।

चार बर्षीया बालिकासँग हस्तमैथुन गराएको भन्दै परिवारले दिएको निवेदनको आधारमा प्रहरीले स्थानीय ४५ बर्षीय वरुण रामलाई पक्राउ गरेको हो । रामले छिमेकी ती बालिकालाई बारीमा लगी सोमबार साँझ हस्तमैथुन गर्न लगाएका थिए ।

वरुणबिरुद्व बालिकाको परिवारले करणीसम्बन्धी कसूरमा जाहेरी दिएको छ । इलाका प्रहरी कार्यालय बोदे बर्साइनले जाहेरी पाएसँगै वरुणलाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरको जिम्मा लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?