Comments Add Comment

महिलाको कपाल मुन्डन गर्ने तीनजना पक्राउ

सप्तरी, १ पुस । सप्तरीमा एक महिलाको कपाल मुन्डन गर्ने तीन जनालालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही खड्ग नगरपालिका-१ सिस्वा बेल्हीका ५२ वर्षीय रुपनारायण राम, ३५ वर्षीय अहिल्या राम र २० वर्षीय सुनिल राम छन् । उनीहरुले एकजना ५० वर्षीय महिलाको कपाड मुन्डन गरी अभद्र व्यवहार गरेकोले पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

महिलामाथि अभद्र व्यबहार गर्ने तीन जनालाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयबाट अभद्र गरिएको मुद्दामा म्याद थप गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

महिलालाई पराइ व्यक्तिसँग लागेको भन्दै स्थानीय व्यक्तिहरुले कपाल मुन्डन गरिदिएको बताईको छ । तर, प्रहरी निरीक्षक श्रेष्ठले भने घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment