Comments Add Comment

‘हजार जुनी सम्म’मा दीपाको आइटम, आर्यन र स्वस्तिमाको डान्स(फोटो फिचरसहित)

३ वटा चलचित्र ब्याक टू ब्याक ब्लकबस्टर दिएकी निर्देशक दिपाश्री निरौलालाई दर्शकले अब एक चलचित्रमा आइटम नृत्य गर्दै गरेको अवस्थामा देख्ने भएका छन् । वि.सं २०७६ सालको भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हजार जुनी सम्म’मा दीपाले ‘भट्टीको साहुनी’को रुपमा आइटम नृत्य गरेकी छिन् । यो गीतमा उनको नाम ‘शर्मिला’ राखिएको छ ।

विकासराज आचार्यको निर्देशनमा शनिबारदेखि छायांकन सुरु भएको यो चलचित्रको सुरुवातमै दीपाको आइटम नृत्य खिचिएको हो । उनको साथमा चलचित्रका मुख्य कलाकार नायक आर्यन सिग्देल, नायिका स्वस्तिमा खड्का, नव–नायक अक्की प्रधान, कलाकार शिवहरि पौडेल, उत्तम केसी लगायतलाई यो भिडियोमा देख्न सकिनेछ ।

भिडियोमा नृत्य गर्नुको बारेमा दीपाले भनिन्–‘विकास दाइले अफर गरेपछि गीत सुनेँ, गीत मेरै लागि बनेको जस्तो लाग्यो र गरेकी हुँ ।’यस्तै, विकासले पनि आफूले गीत तयार पार्दा नै यसमा दीपाश्रीलाई नृत्य गराउने बिषयमा सोचेको बताए । कविराज गहतराजले कोरियोग्राफी गरिरहेको गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले छायांकन गरिरहेका छन् ।

‘आज नगद भोली उधारो’ बोलको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत, प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको स्वर छ । यो चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की, अभिषेक नेपाल, शिवहरि पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा सामिप्यराज तिमिल्सिना र विकासको कथा, पटकथा तथा संवाद छ ।

चलचित्रको छायांकन आइटम गीत सकिएसँगै पोखरामा गरिनेछ । नायिका स्वस्तिमा खड्काले आफू सिक्किमकी यूवतीको भूमिकामा चलचित्रमा देखिएको बताइन् । चलचित्रमा विशाल चाम्लिङको लगानी छ ।

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment