Comments Add Comment

नेकपा बैठक : सरकार र पार्टी नेतृत्व दुबैको आलोचना

२ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेताहरुले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गरेका छन् । पार्टी विधिसम्मत नचलेको र सरकारले जनअपेक्षाअनुसार काम नगरेको उनीहरुको निष्कर्ष छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको आइतबार बैठकमा बामदेव गौतमसहित १० नेताले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन् ।

गौतमले शनिबारकै बैठकमा लिखित स्थायी कमिटी सदस्यहरुलाई बाँडेका थिए । आइतबार उनले त्यसबारे प्रष्ट्याउनुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिको समेत आलोचना गरेका एक नेताले बताए ।

बैठकमा बोल्ने नेताहरुले पार्टी विधान र विधि अनुसार नचलेको धारणा राखेका छन् । पार्टी एकता प्रक्रियाले गति दिन नसकेको, प्रदेश कमिटी गठन मापदण्ड अनुसार नभएको भन्दै उनीहरुले नेतृत्वको आलोचना गरेका छन् । ‘कसैले चर्को स्वरमा बोले होलान्, कसैले सानो स्वरमा बोले तर, पार्टीको सचिवालयले विधि र विधानअनुसार काम नगरेको सबैको धारणा थियो ।’

सरकारभन्दा पार्टी नेतृत्वको धेरै आलोचना भएको छ । सरकारले जनअपेक्षाअनुसार काम नगरेको नेताहरुले बताएका छन् । अध्यक्षद्वयको प्रस्तावमा उपलब्धी नै उपलब्धी देखाए पनि ९ महिनामा जनअपेक्षाअनुसार काम नभएको उनीहरुले बताए । वनमन्त्री समेत रहेका शक्ति बस्नेतले भने ९ महिनामा केके नै गर्न सकिन्थ्यो भनेर हेर्न नहुने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment