+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रधानमन्त्रीको कामै सरकार ढल्दैन भन्ने भाषण गर्ने भयो : नेत्रविक्रम चन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ८ गते १९:००
फाइल फोटो ।

८ मंसिर, काठकाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्रीको कामै सरकार ढल्दैन भन्ने भाषण गरेको बताएका छन् ।

पार्टीको ११औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित सभामा चन्दले यो सरकार पनि कति चल्छ भन्ने अनिश्चित रहेको बताए । ‘यो सरकार पनि के हुन्छ भन्ने निश्चित छैन भन्ने सुनिरहन्छौं । सरकारले कहिले काम गर्ने हो ?’ चन्दले भने, ‘प्रचण्ड कमरेड प्रधानमन्त्री हुँदा पनि दिनदिनै उहाँको कुरा के थियो सरकार ढल्दैन है ढल्दैन भनेर भाषण गर्ने ।’

अहिले प्रधानमन्त्री केपी शर्मा ओली पनि आफ्नो सरकार नढल्ने भाषण गरेर हिँडेको उनले बताए । ‘आजकाल केपीजी हुनुभएको (प्रधानमन्त्री) छ, केपीजीको पनि कामै के छ भने यो सरकार ढल्दैन’, चन्दले भने । प्रधानमन्त्रीको भाषण सुनेर जनतालाई पनि यो सरकार जतिखेर पनि ढल्न सक्ने लागेको उनले बताए ।

‘जनतालाई के लागेको छ भने यो राति ढल्न सक्छ । यो १२ बजे ढल्न सक्छ रातमा, यो बिहानै उछिटिन सक्छ’ चन्दले भने । सरकारबाट बाहिरिदा विदेशले आफूलाई हटाएको भन्ने नेताहरुको भाषणप्रति पनि चन्दले विरक्ति पोखे ।

हरेक नेताले आफ्नो सरकार ढल्दा विदेशीलाई कारण देखाउने गरेकोमा उनले आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?