३ पुस, जनकपुरधाम । धनुषाको ढल्केवर क्षेत्रको एक उखुबारीमा ७ वर्षीया बालिका रगताम्य अवस्थामा भेटिएकी छन् । उनीमाथि बलात्कार भएको आशंका गरिएको छ ।
इलाका प्रहरी कार्यालय, ढल्केवरले उनीमाथि बलात्कार भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय रोशन बस्नेत रहेको ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार गएराति नै बस्नेतलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । प्रारम्भिक अनुसन्धानमा बस्नेतले विदेशी चकलेट दिने भन्दै फकाएर बालिकालाई उखुबारीमा लगेका थिए ।
बालिकाको रक्तस्राव नरोकिएपछि उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ ।
बलात्कृत बालिकाकी आमा दृष्टिबिहीन हुन् । पक्राउ परेका बस्नेतले मादक पदार्थ सेवन गरेको खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4