Comments Add Comment

आमालाई बच्चा चित्त नबुझेपछि भनिन्, शुक्रकिट दिनेलाई बुझाइदेऊ

वीर्यदान अहिले नौलो कुरा रहेन । यसका माध्यमबाट दुनियाँमा धेरै दम्पत्तिहरुले सन्तानलाभ गरिसकेका छन् । तर चिकित्सा विज्ञानको यो प्रयोगले धेरै नैतिक तथा व्यवहारिक संकट उत्पन्न गर्ने देखिएको छ । हालै भएको एक घटनाले यसको पुष्टि गरेको छ ।

समाचार अनुसार एकजना महिला जो आफ्नो लोग्ने नभई अरु कुनै दाता पुरुषको शुक्रकिटको सहायताले गर्भवती भएकी थिइन्, उनले बच्चा त जन्माइन् तर जन्मिएको बच्चा उनलाई मन परेन । जन्मिएको आफ्नो बच्चाको विषयलाई लिएर उनले लोग्नेसँगै धेरै असन्तुष्टि व्यक्त गरिन् ।

आफूलाई परपुरुषको शुक्रकिटबाट जन्मिएको बच्चा मन नपरेको भन्दै उनले वीर्यदातालाई नै त्यो बच्चा फिर्ता दिन माग गरेकी छन् । ती महिलाका पतिले सोसल मिडिया साइट रेडिटमार्फत आफूमाथि परेको त्यस धर्मसंकटका बारेमा इतिवृतान्त कहेका छन् ।

उनका अनुसार, लोग्नेको जिउडाल आकर्षक नभएको भन्दै पत्नीले बच्चा जन्माउन मानेकी थिइनन् । उत्कृष्ट वंशाणुयुक्त सुन्दर बच्चा जन्माउन चाहेको र त्यसका लागि सुन्दर र हट्टाकट्टा पुरुषको शुक्रकिटबाट गर्भाधारण गर्ने ढिपी कसेपछि उनले दान गरिएको कुनै पुरुषको शुक्रकिटबाट कृत्रिम गर्भाधान गरी बच्चा जन्माइन् । तर त्यसरी गर्भाधारण गरी जन्मिएको बच्चा पनि ती महिलालाई मन परेन । त्यसैले वीर्यदातालाई नै बच्चा फिर्ता दिन उनले आफ्नो लोग्नेसँग आग्रह गरिरहेकी छन् ।

ती पुरुषलाई आफ्नी पत्नी कुनै महिलासँग समलिंगी सम्बन्धमा समेत रहेको शंका छ । पत्नीको इच्छा अनुसार परपुरुषको शुक्रकिटबाट समेत गर्भाधान गराउन तयार भएका ती पुरुषले कसैगरी पनि पत्नीको चित्त बुझाउन नसकेपछि अब सम्बन्ध विच्छेद गर्ने टुंगोमा पुगेको बताएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment