Comments Add Comment

चैत्रमा आउने भयो प्रदिप र जसिताको ‘लभ स्टेशन’

उज्ज्वल घिमिरेले निर्देशन गरेको चलचित्र ‘लभ स्टेशन’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र चैत्रको अन्तिममा आउने चर्चा पनि चलेको थियो । तर, यो चलचित्र अब चैत्रको १ गतेबाट रिलिज हुने भएको छ । नायक खड्काले अभिनय गरेका चलचित्रहरु सार्वजनिक बिदा पर्ने दिनमा रिलिज हुँदै आएका थिए । तर, यसपटक यसको निर्माणपक्षले धेरै निर्माताले ताक्ने मिति हेरेको छैन ।

यो चलचित्रमा नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका छ । दार्जिलिङमा छायांकन गरिएको चलचित्रलाई गोविन्द शाहीले निर्माण गरेका हुन् । चलचित्रले कुनै एक स्थानलाई लभ प्वाइन्टको रुपमा ब्याख्या गर्ने निर्देशकले बताएका छन् ।

चलचित्रलाई म्यूजिकल लभ स्टोरी कथामा निर्माण भएको भनिएको छ । जहाँ प्रदिप सांगीतिक क्षेत्रमा लागेको कलाकारको भूमिकामा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment