+
+
Shares

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट आज

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ४ गते १०:५२

४ पुस, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) आज बाँडफाँट हुने भएको छ ।

दुई चरणमा गरेर आवेदन आहृवान गरेको आयोजनाको आईपीओ अपरान्ह ३ बजे बाँडफाँट गरिने शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लिएको ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।

आयोजनाको आईपीओका लागि पहिलो चरणमा कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि र मंसिर १९ गतेदेखि २६ गतेसम्म सांगठिक संस्थापक संस्थाका तथा सञ्चय कोषका कर्मचारीका लागि आवेदन खुलाएको थियो ।

आयोजनाले सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता अर्गात एक अर्ब १७ करोड रुपैयाँको र सांगठिक संस्थापक संस्थाका तथा सञ्चय कोषका कर्मचारीका लागि २७ लाख कित्ता अर्थात २७ करोड रुपैयाँको आईपीओ निस्काशन गरेको हो । आयोजनाको आईपीओमा आवेदन दिएका सबैले पाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?