Comments Add Comment

चाडपर्वमा राष्ट्रिय विदा माग्दै आदिवासी जनजातिको प्रदर्शन

४ पुस, काठमाडौं । आदिवासी जनजाति समुदायले आफूहरुको चाडपर्वमा राष्ट्रिय विदा दिन माग गर्दै बुधबार माइतीघरमा प्रदर्शन गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघको आह्वानमा विभिन्न आदिवासी जनजाति समुदायले आफ्नो चाडपर्वमा राष्ट्रिय विदा दिन माग गर्दै प्रदर्शन गरेका हुन् । तमु ल्होसार, ग्याल्बो ल्होसार, सोनाम ल्होसार, उधौली, उभौली, माघी, माघे संक्रान्तिलगायतमा सार्वजनिक बिदा दिन माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

सरकारले सार्वजनिक विदा कटौती गर्ने क्रममा आफ्नो समुदायको मुख्य चाडपर्वमा विदा नदिएको भन्दै आदिवासी जनजाति महासंघले आन्दोलन घोषणा गरेको थियो ।

हेर्नुस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment