Comments Add Comment

मनितालाई स्वागत गर्न विमानस्थल पुगिन् श्रृङ्खला

‘मिस यूनिभर्स’मा टप १० मा पर्न सफल ‘मिस यूनिभर्स नेपाल’ मनिता देवकोटा नेपाल आइपुगेकी छिन् । थाइल्याण्डको बैंककबाट उनी हिजो राती नेपाल आएकी हुन् । उनलाई विमानस्थलमा स्वागत गर्नका लागि ‘मिस नेपाल बर्ल्ड’ श्रृङ्खला खतिवडा पनि पुगेकी थिइन् । उनको साथमा ‘मिस नेपाल २०१८’को उत्कृष्ट ४ मा पर्न सफल प्रिया सिग्देल र रोनाली अमात्य पनि विमानस्थल पुगेका थिए ।

श्रृङ्खलाले ‘मिस बर्ल्ड’मा आफूलाई उत्कृष्ट १२ सम्म पुर्याउन सफल भएकी थिइन् । मनिताले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफ्नो ‘मिस यूनिभर्स’को यात्राको बर्णन गरेकी थिइन् ।

मनिताले नेपालीले आफूलाई दिएको मायाले आफू उत्साहित भएको बताइन् । यस्ता खालका प्रतियोगीतामा कुनै प्रतिस्पर्धीको देशका नागरिकले उनीहरुलाई कसरी हेर्छन् भन्ने पनि मुल्यांकन हुने भन्दै मनिताले नेपालीले देखाएको मायामा धन्यवाद ज्ञापन गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment