+
+
Shares

शंकर पोखरेल भन्छन् : हजारौं केपी ओलीहरु जन्मिनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ६ गते ०:००

५ पुस, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मिडियामा सरकारले केही गरेन भनेर हलचल ल्याउन खोजिएप नि देशलाई अहिलेकै नेताले विकास र समृद्धिको यात्रामा लैजाने दावी गरेका छन् ।

उनले एउटा केपी ओलीले पुग्दैन भन्दै हरेक क्षेत्रमा सपना देख्ने हजारौं केपी ओलीहरु जन्मिनुपर्ने बताए ।

बुटवलमा आयोजित लुम्बिनी एक्सपोको उद्घाटन गर्दैमुख्यमन्त्री पोखरेलले सपना नदेखी केही प्रगति नहुने भन्दै एउटा केपी ओलीले नपुग्ने भएकोले विभिन्न क्षेत्रमा सपना देख्न सक्ने हजारौं ओलीहरु जन्मिनुपर्ने तर्क गरेका हुन् ।

सरकार सही बाटोमा हिँडेको दावी गर्दै उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा चीन र भारतसँगको सम्बन्ध सुमधुर बनेको बताए ।

अर्को वर्षदेखि चीनबाट लुम्बिनीसम्म चल्ने रेलको ट्रयाक खोलिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?